२०८१ आश्विन ५, शनिबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा गुडिरहेको ट्रकमा आगलागी

२०८१ आश्विन ४, शुक्रबार प्रकाशित ( घण्टा अघि) ९३ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको दाउन्नेमा गुडिरहेको ट्रकमा आगलागी भएको छ। बर्दघाट नगरपालिका ४ स्थित दाउन्नेमा लु २ ख ५१३७ नम्बरको भुस बोकेको ट्रकमा एक्कासी आगलागी भएको हो। भुस बोकेको कारण आगो निभाउन निकै कठिन भएको प्रहरीले जनाएको छ।

आगलागीको कारण ट्रकमा क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन। बर्दघाट नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

बीच सडकमा चल्दाचल्दैको सवारीमा आगो लागेपछि दाउन्ने खण्डमा केही समय सडक अवरुद्ध भएको थियो। आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस