२०८१ आश्विन ५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीको लोकाहामा विद्युतीय गाडीको चार्जिङ स्टेशन निर्माण

२०८१ आश्विन ५, शनिबार प्रकाशित ( घण्टा अघि) १७८ पाठक संख्या

नारायण शर्मा 

कावासोती । महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी पूर्वको लोकाहामा विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन निर्माण गरिएको छ । कावासोती नगरपालिका–११ लोकाहामा एकै पटक ५ वटासम्म विद्युतीय गाडी चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।

कावासोतीकै युवा ब्यवसायी विष्णु अधिकारीले राजमार्गमा जोडिएको करीब ५ कट्ठा जग्गामा चार्जिङ स्टेशन निर्माण गरी सञ्चालनमा ल्याएका हुन् ।

महेन्द्रराजमार्ग हुँदै ओहोरदोहोर गर्ने विद्युतीय गाडीलाई चार्ज गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले चार्जिङ स्टेशन स्थापना गरिएको सञ्चालक अधिकारीले बताउनुभयो ।

हरेक दिन बिहानैदेखि चार्जिङका लागि गाडीको लाइन लाग्ने गरेको पनि उहाँले बताउनुभयो । गाडीको ब्याट्री क्षमता अनुसार चार्जिङको शुल्क लिने गरेको उहाँको भनाई छ । कति शुल्क लिने भन्ने सरकारी मापदण्ड भने छैन ।

महेन्द्रराजमार्गको बुटवल–नारायणगढ सडकको १ सय १४ किलोमिटर खण्डमा निर्माण गरिएको यो पहिलो चार्जिङ स्टेशन हो । आगामी एक वर्षभित्र थप १५ वटा गाडी एकै पटक चार्ज गर्न मिल्ने क्षमताको चार्जिङ स्टेशन बनाउने योजना रहेको अधिकारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस