२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा पानीको सतह खतराको तह भन्दा माथि

२०८१ आश्विन १२, शनिबार प्रकाशित ( महिना अघि) १८४ पाठक संख्या

कावासोती । नारायणी नदीमा पानीको सतह खतराको तह भन्दा माथि पुगेको छ । लगातारको झरीका कारण देवघाट जलमापन केन्द्रमा शनिबार बिहान पानीको सतह ११ मिटर माथि पुगेको हो । पानीको सतह ९ मिटर भन्दा माथि पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले शुक्रबार एक सूचना प्रकाशन गरेर नारायणी नदी आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस