२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा सुरक्षाकर्मीद्वारा ७७ जनाको उद्धार

२०८१ आश्विन १२, शनिबार प्रकाशित ( महिना अघि) २१९ पाठक संख्या

कावासोती – नारायणी नदीको बाढीले गैँडाकोट नगरपालिका–२ स्थित अक्सफोर्ड कलेज क्षेत्र र सुकुम्वासी बस्तीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीले उद्धार गरेका छन्।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार, उद्धार गरिएका व्यक्तिहरू होटल रिभर क्राउन, नारायणी रिसोर्ट र स्थानीय घरहरूमा फसेका थिए। बाढीले घर डुवानमा परेका कारण उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। पूर्वी नवलपरासीका विभिन्न क्षेत्र बाढीको चपेटामा परेका छन् र उद्धार कार्य जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस