गैँडाकोट । नवलपुरको गैँडाकोटमा भएको दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ ।
गैँडाकोट ५ स्थित कालिका चोक नजिक भित्रि सडक खण्डमा म्याजिकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको हो ।
ना १ ज ३५५१ नम्बरको म्याजिकको ठक्करबाट गैँडाकोट ५ बस्ने ७४ वर्षिया लिलादेवी उपाध्याय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिनुभयो ।
शनिबार साँझ करिब सवा ६ बजेको समयमा म्याजिकले ठक्कर दिएको थियो । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।