२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सादा पोसाकमा प्रहरी खटाएर बसमा निगरानी

२०८१ आश्विन १६, बुधबार प्रकाशित ( महिना अघि) ३८१ पाठक संख्या

कावासोती । नवलपुर प्रहरीले दसैँ, तिहार, छठजस्ता चाडपर्वमा यात्रुहरूको सुरक्षाका लागि विशेष योजना लागू गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, सवारीसाधनमा हुन सक्ने लुटपाट, चोरी, दुर्व्यवहार र मनपरी भाडा असुली रोक्न यात्रुवाहक बसमा सादा पोसाकमा महिला र पुरुष गरी दुई प्रहरी खटाइनेछ ।

यो योजना बिहीबार घटस्थापनादेखि लागू हुनेछ । कम्तीमा १० जना प्रहरी सादा पोसाकमा यात्रु बनेर बसभित्रै गस्ती गर्नेछन् । दाउन्नेदेखि गैँडाकोटसम्म शंकास्पद बसमा छड्के गर्ने गरी प्रहरीलाई नै यात्रु बनाएर राखिनेछ।

चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट तथा अन्य घटना नियन्त्रण गर्न विशेष योजना तयार पारिएको छ । सार्वजनिक क्षेत्र, यात्रु चढ्ने र उत्रने मुख्य स्थानहरूमा निगरानी बढाइनेछ । यात्रु सहायताका लागि जिल्लाका विभिन्न स्थानमा आठवटा सहायता कक्ष निर्माण गरिनेछ ।
जिल्लाभर ३ सय ४५ प्रहरी परिचालन गरिनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%

प्रतिक्रिया दिनुहोस