२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा गण्डकी बोर्डिङ स्कुलको बसले बालकलाई ठक्कर दिँदा मृत्यु

२०८१ आश्विन १८, शुक्रबार प्रकाशित ( हफ्ता अघि) ६८८४ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती – १ छहारीचोकमा आज बिहान ९:५० बजे एक दुखद दुर्घटना भएको छ ।

कोइलापानीबाट फलफुलचोकतर्फ आउँदै गरेको गण्डकी बोर्डिङ स्कुलको बस (ना १ क ५८१७) ले सडकमा खेल्दै गरेका २२ महिनाका सम्राट पौडेललाई ठक्कर दिएको छ ।

सम्राटलाई तत्कालै नवलपुर अस्पताल कावासोतीमा उपचारका लागि लगिएको थियो, तर उपचारको क्रममा बिहान १०:०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बस चालक शिव प्रसाद च्वाइलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१८%४%८%२३६%२१%

प्रतिक्रिया दिनुहोस