२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा झगडाको क्रममा श्रीमान घाइते: पेटमा ७ वटा टाँका

२०८१ आश्विन २०, आईतबार प्रकाशित ( महिना अघि) १३२६ पाठक संख्या

चोरमारा ।  नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा चकु प्रहारबाट एकजना घाइते भएका छन् ।

मैनाघाटका  ५१ वर्षीय भुपराज अर्यालले मादक पदार्थ सेवन गरी श्रीमती वसन्ती अर्यालसँग झगडा गर्दा आफैले आफूलाई चक्कु प्रहार गरेर घाइते भएका हुन्।

उनको पेटमा चक्कु लागेको र नगर अस्पताल चोरमारामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पेटमा ७ वटा टाँका लगाइएको छ र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%१%१%

प्रतिक्रिया दिनुहोस