२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाले बाढी प्रभावितलाई ७१ लाख बराबरको राहत सामग्री वितरण गर्‍यो

२०८१ आश्विन २२, मंगलबार प्रकाशित ( महिना अघि) ४१४ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिकाले हालै आएको बाढी प्रभावित नागरिकलाई ७१ लाख बराबरको जिन्सी सामग्री वितरण गरेको छ।

बाढी प्रभावितहरूको पीडा कम गर्न मध्यविन्दु नगरपालिकाले विभिन्न संघसंस्था, निकाय, सुरक्षाकर्मी, जनप्रतिनिधि, र राष्ट्रसेवकहरूको सहयोगमा राहत वितरण अभियानलाई तीव्र पारेको थियोे ।

नगरले प्रभावित परिवारहरूलाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री, औषधि लगायतका राहत सामग्री उपलब्ध गराइएको हो । नगरपालिकाको विवरण अनुसार, बाढी प्रभावित परिवारलाई विभिन्न संघसंस्था र व्यक्तिहरूबाट उपलब्ध भएका जिन्सी सामग्रीहरू नगरपालिका मार्फत रु ७१ लाख ४७ हजार २ सय ६ रुपैयाँ बराबरको वितरण गरिएको छ ।

मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बाढी पीडित परिवारलाई सहयोग पुर्‍याउने सबैमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता विपत्तिमा परेका नागरिकहरूलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी क्षतिको विवरण संकलन गरिरहेको र शीघ्र पुनर्निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

हालै परेको अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले मध्यविन्दु नगरपालिकाका विभिन्न वडा डुबानमा परेका थिए । यस विपद्ले सयौं परिवार बाढी प्रभावित भएका छन् भने भौतिक पूर्वाधार र कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले नगरपालिकाका २, ६, १२ र १५ वडामा ४३१ घरमा क्षति पुर्‍याएको थियोे।

धन्यवाद विज्ञप्ति हेर्नुहोस्।

1728378123061

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%

प्रतिक्रिया दिनुहोस