२०८१ मंसिर ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु-३ चौराहामा नवमीको दिन टिकापाती र पण्डितहरूको बिदाई समारोह सम्पन्न

२०८१ आश्विन २५, शुक्रबार प्रकाशित ( महिना अघि) ६४७ पाठक संख्या

चौराहा । चौराहामा दिव्य नवरात्री ब्रतमहोत्सव भव्य रुपमा सम्पन्न भएको छ। मध्यविन्दु नगरपालिका-३ चौराहामा रहेको श्री जय दुर्गा भगवती मन्दिरमा यो उत्सव हरेक वर्ष झैँ यस वर्ष पनि भव्य रुपमा मनाइएको थियो।

यो वर्षको नवरात्री उत्सव आश्विन १७ गतेदेखि सुरु भएको थियो। यस अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिएका थिए, जसमा श्रीमद्देवी भागवत महापुराण (शक्ति कथा), धार्मिक भजन, संकीर्तन, सामुहिक रुद्री, र ग्रहजप जस्ता कार्यक्रमहरू समावेश थिए।

IMG 20241011 WA0041

उत्सवको मुख्य आकर्षण पण्डित श्रीबाल ब्यास राधा शरण काफ्लेले संगीतमय शैलीमा श्रीमद्देवी भागवत महापुराणको बाचन गर्नु थियो। उहाँको संगीतमय बाचनले उपस्थित भक्तजनहरूलाई अत्यन्तै मनोरञ्जन प्रदान गर्यो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टापेन्द्र सेन ठकुरीले जानकारी दिनुभएको अनुसार, नवमीको दिन टिकापाती गरेर पण्डितहरूको बिदाई गरिएको हो । अध्यक्ष ठकुरीले सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्दै, यस वर्षको उत्सवलाई सफल बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको थियो।

IMG 20241011 WA0052यस वर्षको नवरात्री उत्सवले चौराहाका स्थानीय बासिन्दाहरूलाई धार्मिक र सांस्कृतिक रूपमा एकताबद्ध गर्नुको साथै हाम्रो परम्परा र संस्कृतिलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस