२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

राइनो संरक्षण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

२०८१ आश्विन २८, सोमबार प्रकाशित ( दिन अघि) ९७५ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका– २ कोल्हुवामा आयोजना हुने सातौं राइनो संरक्षण गोल्डकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

जिल्लामा चलिरहेको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अब अन्तराष्ट्रिय स्तरमा परिणत भएको छ। यस प्रतियोगिताले आफ्नो नाम परिवर्तन गर्दै सातौं अन्तराष्ट्रिय आमन्त्रीत राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता बनाएको हो।

राइनो क्लबको आयोजनामा यही कात्तिक ३ देखि १४ गतेसम्म आयोजना हुने सातौं राइनो संरक्षण फुटबल प्रतियोगितामा आमन्त्रित भारतको टिमसहित १२ वटा क्लबले सहभागिता जनाउनेछन्। प्रतियोगिता राइनो कप खेलमैदान आयोजना हुनेछ। यो प्रतियोगिता जिल्लाकै प्रतिष्ठित प्रतियोगिता हो।

प्रतियोगितामा संकटा फुटबल क्लब, एपिएफ र नेपाल पुलिससहित देशभक्त फुटबल क्लब, हनामी, नुमना युथ क्लब, वीरगन्ज युनाइटेड, कपिलवस्तु ११, नमोबुद्ध युथ क्लब, चित्लाङ फुटबल क्लब, इमफाल सिटी भारत र फरसाटिकर युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

एक सिगें गैँडाको संरक्षण र वन्यजन्तुको चोरी सिकार नियन्त्रणका लागि युवाहरूलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले २२ वर्ष अघिदेखि प्रतियोगिता हुँदै आएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस