२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन हुने राइनो गोल्डकप: फुटबल र गैँडा संरक्षणको संगम

२०८१ आश्विन ३०, बुधबार प्रकाशित ( दिन अघि) २३१ पाठक संख्या

कोल्हुवा । नवलपुर जिल्लाको मध्यविन्दुमा रहेको राइनो क्लबद्वारा सञ्चालित सातौं अन्तर राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ।

आगामी कार्तिक ३ देखि १४ सम्म सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गर्नेछन्। उद्घाटन खेलमा हनामी फुटबल क्लब र देशभक्त फुटबल क्लब भिड्नेछन्।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ, जसमा एक भारतीय क्लब र नेपालका ए डिभिजनका तीन टोलीसमेत समावेश छन्। राइनो क्लबका अध्यक्ष दमन बहादुर भण्डारीले यस प्रतियोगिताले गैँडा संरक्षणको उद्देश्यलाई प्राथमिकता दिएको बताए ।

नन्दभाउजु उपभोक्ता समितिको संरक्षणमा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु ८ लाख र द्वितीय हुनेले रु ४ लाख पुरस्कार राशि पाउनेछन् । आयोजकहरूले राइनो रंगशालामा जनचेतना फैलाउने सामग्री सजाइरहेका छन्।

प्रतियोगितामा संकटा फुटबल क्लब, एपिएफ र नेपाल पुलिससहित देशभक्त फुटबल क्लब, हनामी, नुमना युथ क्लब, वीरगन्ज युनाइटेड, कपिलवस्तु ११, नमोबुद्ध युथ क्लब, चित्लाङ फुटबल क्लब, इमफाल सिटी भारत र फरसाटिकर युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

स्थानीय बासिन्दा र खेलप्रेमीहरूको ठूलो उत्साहका बीच, राइनो गोल्डकपले खेलकुदमा मात्र नभई गैँडा संरक्षणमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस