२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

अमलटारी होमस्टे पुनः सञ्चालनमा, बाढीको असरपछि आकर्षक छुटको प्रस्ताव

२०८१ आश्विन ३०, बुधबार प्रकाशित ( दिन अघि) ५९४ पाठक संख्या

कावासोती – बाढीले प्रभावित अमलटारी मध्यवर्ति होमस्टेले पुनः व्यवसाय सञ्चालनमा ल्याएको छ । हालै आएको बाढीले गर्दा स्थानीय व्यवसायीहरूलाई ठूलो क्षति पुर्याएको थियो, तर उनीहरूले मिहिनेत र स्थानिय प्रतिनिधिहरूसँगको सहयोगले पुनः व्यवसाय संचालनमा आएका छन्।

अमलटारी होमस्टे नारायणी नदीको किनार कावासोती १५ बाघखोरमा रहेको छ । बाढीले होमस्टेका भवनहरू डुबानमा परेका थिए, जसले लत्ताकपडा र विभिन्न सामग्रीमा क्षति पुर्याएको थियो। तर, बाढीको प्रभावलाई बेवास्ता गर्दै होमस्टे सञ्चालकहरूले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न विशेष छुटको व्यवस्था गरेका छन्।

जेएस होटल एण्ड रेष्टुरेण्टका सञ्चालक जित नारायण थनेतले बताए अनुसार, दशैँको अवसरमा विशेष छुटको प्रस्ताव गरिएको छ । उनले भने, “हामीले पाहुनाहरुलाई विशेष सुविधाहरू प्रदान गर्दै व्यवसायलाई पुनः सक्रिय बनाउनका लागि काम गरिरहेका छौँ।

डुबानको समयमा केही स्थानीय जनप्रतिनिधिहरूले सहयोग गर्नका लागि आए पनि, नेपाल प्रहरी र रेडक्रसबाट कुनै महत्वपूर्ण सहयोग नपाएको थनेतको गुनासो छ । उनले थपे, “हामी राहतको आशा गर्न भन्दा हाम्रो व्यवसायलाई सम्हालेर आउने पाहुनालाई विशेष सुविधा दिन तल्लिन बनेका छौँ।”

उनका अनुसार, अहिले दैनिक ५० भन्दा बढी स्वदेशी पर्यटक जिप सफारीका लागि होमस्टेमा आउने गरेका छन्, र सोही अनुपातमा विदेशी पर्यटकहरू पनि आइरहेका छन्। हालको स्थिति देखाउँदै थनेतले भने, “पछिल्लो समयमा दैनिक पर्यटकको संख्यामा वृद्धि हुँदैछ।

यसरी, बाढीको असरलाई सामना गर्दै, अमलटारी होमस्टेले पुनः सञ्चालनमा ल्याउने प्रयास गर्दैछ र दशैँ तिहारको अवसरमा पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न विशेष प्रस्ताव र छुटको व्यवस्था गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१%

प्रतिक्रिया दिनुहोस