२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाघको आक्रमण: ६३ वर्षीय पुरुषको मृत्यु

२०८१ कार्तिक २, शुक्रबार प्रकाशित ( घण्टा अघि) ३७९ पाठक संख्या

कावासोती । नवलपुरमा बाघको आक्रमणबाट ६३ वर्षीय जिवबहादुर थिङको मृत्यु भएको छ ।

आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका १, लक्ष्मीटाँडीका स्थानीय थिङको घरदेखि ५ सय मिटर टाढाको तिनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका थिए।

उनका छिमेकी बलराम न्यौपानेले बाघको आक्रमणको बारेमा प्रहरीलाई जानकारी दिएका थिए । घटनाको खोजी गर्ने क्रममा जिवबहादुर थिङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस