२०८१ कार्तिक ३, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा जिप दुर्घटनामा एकको मृत्यु, २५ जना घाइते

२०८१ कार्तिक ३, शनिबार प्रकाशित ( घण्टा अघि) ४४० पाठक संख्या

कावासोती । नवलपुरको कावासोती १ बालुवाडाँडामा शनिबार मध्याह्न जिप दुर्घटना भएको छ ।

बाप्र ०७ ०० १ ज ००२० नम्बरको जिप बालुवाडाँडाबाट कावासोतीतर्फ आउँदै गर्दा सडकबाट खस्दा एक जनाको मृत्यु भएको र २५ जना घाइते भएको जानकारी जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दिएका छन्।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरूलाई जिल्ला अस्पताल डण्डामा पठाइएको छ ।

दुर्घटनाको कारण र थप विवरणका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ । स्थानीय बासिन्दा र सुरक्षा निकायले घटनास्थलमा उद्धार कार्य गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%७%

प्रतिक्रिया दिनुहोस