२०८१ कार्तिक ३, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा दुर्घटना अपडेट : दुई मृतक, २८ घाइते

२०८१ कार्तिक ३, शनिबार प्रकाशित ( घण्टा अघि) ४४४ पाठक संख्या

कावासोती । कावासोतीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका छन् । शनिबार बिहान ११:३० बजे कावासोती–१ बालुवाडाँडामा बुलिङटारबाट आउँदै गरेको बोलेरो पिकअप जिप अनियन्त्रित भइ पल्टिएको थियो।

दुर्घटनाको कारण ओभरलोड हुनु हुनसक्ने अनुमान गरिएको छ । उद्धारका लागि घाइतहरूलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा पठाइएको छ । मृतक र घाइतको विवरण अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहले जानकारी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%८%

प्रतिक्रिया दिनुहोस