२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका किसानहरूका लागी खुसीको खबर: सस्तोमा जैविक मल

२०८१ कार्तिक ४, आईतबार प्रकाशित ( दिन अघि) ३०४ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले जैविक मल उत्पादन गरेर त्यसको मूल्य निर्धारण गरेको छ । नगरले फोहोर व्यवस्थापनसँगै जैविक मल उत्पादन गरेर बिक्री वितरण सुरु गरेको हो।

नगरपालिकाले आफ्नै उत्पादन केन्द्र स्थापना गरी स्थानीय किसानहरूलाई गुणस्तरीय जैविक मल उपलब्ध गराउने उद्देश्यले काम गरिरहेको थियो ।

जैविक मलले माटोको उर्वरा शक्ति बढाउने, वातावरण संरक्षण गर्ने र स्वस्थ खाद्य उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा नगरपालिकाले गरेको छ ।

नगरले तोकेको मूल्यअनुसार जैविक मल प्रति किलोग्राम रु २२ मा बिक्री गरिनेछ भने सफाइ सदस्यहरूलाई विशेष छुटसमेत दिइने इन्जिनियर विवेक पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार नगरभित्रका सफाई सदस्य कार्डधारीलाई एक वर्षमा १०० केजी जैविक मल लैजाँदा प्रति किलोमा ५ रुपैयाँ छुट दिइने बताउनुभयो। यसबाट किसानहरू लाभान्वित हुनेछन्, वातावरण संरक्षण हुनेछ र समग्रमा नगरको कृषि क्षेत्रको विकासमा टेवा पुग्नेछ।

मध्यविन्दु नगरपालिकाले फोहोरलाई व्यवस्थापन गर्दै जैविक मल उत्पादन गर्ने यो पहल अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्छ।

सूचना हेर्नुहोस्।

FB_IMG_1729408029183

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%४%१%१%१%

प्रतिक्रिया दिनुहोस