२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

राइनो कप : भोली कावासोती र रूपन्देही भिड्दै

२०८१ कार्तिक ४, आईतबार प्रकाशित ( दिन अघि) ३४४ पाठक संख्या

कोल्हुवा । कोल्हुवामा जारी ७औं संस्करणको  अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा भोली फर्साटिकार युवा क्लब रूपन्देही र नमुना युथ क्लब कावासोती बीच प्रतिष्पर्धा हुदैछ।

मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित राइनो रङ्गशालामा आयोजना हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनका तीन वटासहित भारतीय टिमका १२ क्लब सहभागी हुनेछन् ।

खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राइनो क्लबका अध्यक्ष दोमन भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको आजको खेलमा बीरगञ्ज युनाइटेड र कपिलवस्तु ११ बीच प्रतिस्पर्धा हुनेछ ।

यही कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको विजेताले उपाधिसहित रु आठ लाख पुरस्कार हात पर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ । प्रतियोगिता विसं २०७० देखि सञ्चालन हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस