२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा गैंडा मृत अवस्थामा फेला

२०८१ कार्तिक ५, सोमबार प्रकाशित ( दिन अघि) ८९५ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दुमा सोमबार दिउँसो एक पोथी गैंडा मृत अवस्थामा फेला परेको छ ।

उक्त गैंडा मध्यविन्दु – १२ अरुणखोलाको दोभानमा अन्दाजी तीन वर्षको रहेको बताइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक अनुसन्धानले गैंडा एक अर्कोसँग जुध्ने क्रममा चोट लागेर मृत्यु भएको संकेत दिएको छ ।

घटनास्थलमा गैंडाको खाग र खुर सुरक्षित रहेको देखिएको छ । गैंडाको मृत्युको कारण र अन्य विवरणका लागि थप अनुसन्धान जारी रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%१%

प्रतिक्रिया दिनुहोस