२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा मादलको व्यापार घट्दै: पुख्र्यौली पेसा सङ्कटमा

२०८१ कार्तिक ६, मंगलबार प्रकाशित ( घण्टा अघि) १०१ पाठक संख्या

कावासोती । नेपाली मौलिक परम्पराका बाद्यबादनप्रति युवापुस्ताको मोह घट्दै गएको छ । आधुनिकता र इन्टरनेटको प्रभावले लोक संस्कृति लोपोन्मुख बनिरहेका छन्।

नवलपुरको कावासोतीमा मादलको व्यवसाय चलाइरहेका रामप्रसाद नेपालीका छोरा विजय नेपालीले पेसालाई निरन्तरता दिँदै आएका छन् । विजयका अनुसार, मादल बनाउन आवश्यक सामग्रीको अभाव र बजारमा मादलको माग घट्न थालेको छ।

उनले भने, “पहिले मादल व्यवसायबाट २५ हजार रुपियाँ महिनामा हुने गर्दथ्यो, तर अहिले यस्तो छैन।” मादल, ढोलक, र दमाहा जस्ता परम्परागत बाजाको प्रयोगमा कमी आएपछि, पुख्र्यौली पेसा सङ्कटमा परेको छ ।

कावासोतीमा मादलको व्यापार हराउँदै गएको र मौलिक गीत गाउने चलन पनि घटेको विजयले बताए । विशेष गरी तिहारको अवसरमा मादलको प्रयोग गरिन्थ्यो, तर चाड मनाउने शैलीमा आएको परिवर्तनले व्यवसायलाई चुनौती दिइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस