२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना: पाँच जना घाइते

२०८१ कार्तिक ७, बुधबार प्रकाशित ( घण्टा अघि) ५ पाठक संख्या

कावासोती । नवलपुरमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। देवचुली १३ दलदलेमा अटो र स्कुटीको ठक्करले यी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइते हुनेमा सोही ठाउँका ५१ वर्षीया सरस्वती काफ्ले, ३८ वर्षीया सीता काफ्ले, र ५० वर्षीया सपना काफ्ले छन्, जसको अवस्था मध्यम रहेको छ।

अटो चालक ३५ वर्षीय चोलाकान्त थापा र स्कुटी चालक २९ वर्षीय बेलबहादुर गाहा मगरको अवस्था सामान्य रहेको छ, र उनीहरूको उपचार भरतपुरको मनाकामना अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस