२०८१ कार्तिक १४, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

२०८१ कार्तिक ११, आईतबार प्रकाशित ( दिन अघि) ३११ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका – २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन्।

धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा घरका अन्य सदस्यहरूसँगै बिरामी भएका हुन्।

च्याउको तरकारी खाएपछि उनीहरुमा पेट दुख्ने र वान्ता हुने समस्या देखा परेको थियो। यसपछि, उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवनमा लगिएको छ।

बिरामी हुनेमा धनमाया राजवंशी, बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको बताइएको छ, तर उनीहरूलाई डक्टरको निगरानीमा राखिएको छ। यस घटनाले च्याउको सेवनमा सतर्क रहनु पर्ने कुरा पुनः स्मरण गराएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस