२०८१ कार्तिक १४, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा प्लास्टिकका माला बेच्न नपाइने

२०८१ कार्तिक ११, आईतबार प्रकाशित ( दिन अघि) १६६ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।

नगर प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो ।

नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीयलाई समेत अनुरोध गरेको प्रमुख  प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । उहाँले उक्त निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

नगरवासीहरूलाई अपिल गरिएको छ कि उनीहरूले प्लास्टिकजन्य फूलमालाको सट्टा प्राकृतिक फूलको माला र पुष्पगुच्छा प्रयोग गर्नुपर्छ। यसले मात्र वातावरणको संरक्षणमा सहयोग गर्दैन, स्थानीय कृषक र व्यापारीलाई पनि प्रोत्साहित गर्दछ ।

नगर कार्यपालिकाले स्थानीय स्तरमा उत्पादन भएका फूलका माला र पुष्पगुच्छाहरूको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। यदि कसैले यो निर्णयको उल्लङ्घन गरेको पाईएमा, सम्बन्धित कानूनी प्रक्रिया अनुसार कारवाही गरिने विज्ञप्तिमा भनिएको छ । नगरवासीहरूले यो निर्णयको सम्मान गर्ने आशा व्यक्त गरिएको छ।

सूचना हेर्नुहोस्

Messenger_creation_319F7628 B0F6 4416 98D8 F8BDBA09E505

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%२%१%

प्रतिक्रिया दिनुहोस