कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सार्वजनिक सूचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माद्वारा जारी सूचनामा मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झगडा नगर्न अनुरोध गरिएको छ । साथै, पटका, आतसबाजी र अन्य विस्फोटक पदार्थहरूको ओसारपसार, बिक्री र प्रयोग नगर्न समेत भनिएको छ ।
जुवातास, लङ्गुरबुर्जा र कौडा सट्टेबाजी जस्ता कानुनी रूपमा निषेध गरिएका खेलहरू पनि नगर्न आग्रह गरिएको छ । सूचनामा उल्लिखित नियमहरू नमान्ने व्यक्तिहरूलाई कानून अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
सूचना हेर्नुहोस्