कोल्हुवा । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बुधबार हुनेछ । फाइनल खेल नेपाल एपीएफ र नमोबुद्ध फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
मध्यविन्दु नगरपालिका – २ कोल्हुवा स्थित राइनो रंगशालामा भोलि दिउँसो २ बजेदेखी प्रतियोगिता सुरु हुनेछ । फाइनल खेलको टिकट शुल्क भने २०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
आयोजक क्लबका अध्यक्ष दोमन भण्डारीका अनुसार १२ टिमको सहभागिता रहेको सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ४ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । नन्द भाउजू उपभोक्ता समिति संरक्षक रहेको राइनो क्लबले प्रतियोगिता आयोजना गरेको हो ।