कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा एक युवक रुखबाट खसेर घाइते भएका छन्।
हुप्सेकोट – ४ सङ्खदेव बस्ने १७ वर्षीय खेम बहादुर झेडी आज बिहान घर नजिकै रहेको सालको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट खसेर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार उनलाई पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा उपचारका लागि लगिएको छ।
उहाँका दुवै हात र खुट्टामा चोट लागेको जानकारी प्राप्त भएको छ, र अहिले उहाँको अवस्था मध्यम रहेको छ।