२०८१ कार्तिक २८, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा हावाबाट बिजुली निकाल्ने उर्जा केन्द्र ४ वर्षदेखि बन्द  

२०८१ कार्तिक २३, शुक्रबार प्रकाशित ( दिन अघि) ५४८ पाठक संख्या

नवीन पौडेल

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका – ५ धौवादीमा रहेको हावाबाट विजुली निकाल्ने वायु उर्जा केन्द्र लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ ।

वायु उर्जा केन्द्र मर्मत गर्न स्थानीय सरकारमा बजेट अभाव भएसँगै प्रदेश र केन्द्रले चासो नदिँदा विद्युत उत्पादन केन्द्रमा करिब ४ वर्षदेखि बिजुली उत्पादन बन्द भएको छ ।

एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा नमूना योजनाका रुपमा २०६८ सालमा हावाबाट विजुली निकालिएको थियो ।

निमार्ण सम्पन्न भएपछि बैंकले स्थानीय सरकारलाई उर्जा केन्द्र हस्तान्तरण गरेको केही वर्ष पूरा क्षमतामा विद्युत उत्पादन भए पनि पछि टरवाईन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको थियो ।

उर्जा केन्द्रबाट हावाबाट १० किलोवाट र सोलारबाट २ किलोवाट गरी १२ किलोवाट विद्युत उत्पादन भएको थियो । हावाबाट विद्युत उत्पादनका लागि ५/५ किलोवाट विद्युत उत्पादन गर्न सक्ने दुईवटा टर्वाइन राखिएको छ । तर, अहिले ब्याट्री र टरवाईन दुबै बन्द अवस्थामा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस