२०८१ मंसिर ६, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा मोटरसाइकलको ठक्करले बालक घाइते

२०८१ कार्तिक २७, मंगलबार प्रकाशित ( हफ्ता अघि) ३७८ पाठक संख्या

चोरमारा –  मध्यविन्दु नगरपालिका वडा नं: ११ स्थित दमारको भित्री सडकमा मङ्गलबार साँझ मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक जेसी शाहका अनुसार, सवारी साधन लु ४८ प १४४३ नम्बरको मोटरसाइकल अरूणखोलाबाट बतासा तर्फ जाँदै गर्दा उक्त दुर्घटना घटेको हो । मोटरसाइकलले सन्त बहादुर चितौरेको दुई वर्षे छोरा सलन चितौरेलाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक जेसीले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी टोली खटिएपछि घाइते बालकलाई तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । अस्पतालले बालकको टाउकोमा चोट लागेको र उसको स्वास्थ्य स्थिति मध्यम रहेको जनाएको छ । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस