२०८१ मंसिर ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको कावासोती फलफूल चोकका पसलहरु हटाइँदै

२०८१ मंसिर १, शनिबार प्रकाशित ( दिन अघि) ५६७ पाठक संख्या

कावासोती – नवलपुरको कावासोती फलफूल चोक आसपासका पसल हटाएर अत्याधुनिक पेट्रोल पम्प निर्माणको काम सुरु गरिएको छ ।

प्रहरीको नाममा महेन्द्र राजमार्गमा रहेको २२ कठ्ठा जग्गामा निर्माण भइरहेको यो पम्पमा इभी चार्जिङ स्टेशन, कफी सप र पर्याप्त पार्किङ सुविधा रहनेछ ।

प्रहरीले उक्त स्थान खाली गराउन सम्बन्धित व्यापारीलाई सूचना दिएका थिए, र व्यापारीहरुले आफ्ना पसल हटाउने प्रक्रिया अघि बढाएका छन् । प्रहरीका अनुसार, यो पम्प निर्माण कार्यको लागि १० करोड ८० लाख रुपैयाँको लागत लाग्नेछ, र आगामी १८ महिनामा पम्पको निर्माण कार्य सम्पन्न हुने बताइएको छ ।

“यस पम्पको सञ्चालनले बन्द हडतालको समयमा पनि नियमित सेवाको ग्यारेन्टी दिनेछ, जसले उपभोक्तालाई सहजता पुर्याउने प्रहरीको भनाई छ । साथै, इभी चार्जिङ स्टेशनको अभावमा चितवन जानुपर्ने समस्या पनि अब समाधान हुने छ, जसले सवारी चालकलाई ठूलो राहत दिनेछ।

यो पम्प नेपालकै नमुना पम्प बन्ने दाबी गरिएको छ, जसमा बगैँचा, गाडी पार्किङ क्षमता र आधुनिक सुविधा रहने छन्। पम्पको निर्माण कार्यलाई प्रहरी कल्याण कोषको पहलमा अघि बढाइरहेको छ, जसले भविष्यमा नागरिकका लागि अझ बढी सुविधा र सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%४%१%१%१%

प्रतिक्रिया दिनुहोस