कावासोती – नवलपुरको गैंडाकोट नगरपालिका – ३ स्थित घोक्रेफाँटको कालीगण्डकी नदिको किनारमा १५ वर्षीय गोपाल कुमालको शव फेला परेको छ ।
तनहुँ जिल्लाको रिसिङ गाउँपालिका – ५ रेसौ बस्ने आईते कुमालको छोरा गोपाल कुमाल कात्तिक २७ गते कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, शव नदिको किनारमा फेला परेको छ र घटनाको अनुसन्धान जारी रहेको छ ।