२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा शिक्षकहरूको लागी योग क्षमता विकास कार्यक्रम सुरु

२०८१ मंसिर १४, शुक्रबार प्रकाशित ( घण्टा अघि) १२२ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा शिक्षकहरुका लागी योग सम्बन्धी क्षमता बिकास कार्यक्रम सुरु गरिएको छ ।

योग शिक्षालाई प्रभावकारी बनाउनका लागी प्रत्यक बिद्यालयका एक शिक्षकका लागी क्षमता बिकास सिप दिइएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।

एक विद्यालय एक योग फोकल शिक्षक व्यवस्था गरिने योजना सहित शिक्षकहरुका लागी कार्यक्रम सुरु गरिएको हो । नेपालमै पहिलोपटक लागु गरिएको हाम्रो खुसी पाठ्यक्रममा पनि माईन्डफूलनेसले योगकै संकेत गरेको र स्थानीय पाठ्यक्रम हाम्रो मध्यविन्दुमा योग सम्बन्धी पाठ नै राखेको पनि नगरप्रमुख अधिकारीले बताउनुभयो ।

IMG 20241129 WA0051

योग मनको सफाइको माध्यम र एक अनुशासन भएको उल्लेख गर्दै यसले सकारात्मक भाव पैदा गर्न, स्वास्थ्य जिवन अगाडी बढाउन, शारिरिक मानसिक तन्दुरुस्त हुन समेत मद्दत पुग्ने उहाँको भनाइ रहेको छ ।

योगलाई नियमित र निरन्तरता दिनका लागी पनि कार्यक्रम फलदायी रहने प्रमुख प्रशासकिय अधिकृत रमेश  घर्तीले जनाउनुभयो । उहाँले यस आर्थिक बर्षमा मध्यविन्दु–१ मा योग हल निमाण गर्ने तयारी पालिका रहेको समेत जानकारी दिनुभयो ।

हाम्रो खुसी कार्यक्रम पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वय गर्ने योग बिषयलाई समेत समेटेर अघि बढेको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख  उपसचिव पदमराज आर्चायले जानकारी दिनुभयो । यसले बिद्यार्थीहरुको मात्र नभइ शिक्षकहरुको जिवन सुधारमा समेत भुमिका खेल्नेमा विस्वस्त रहेको बताउनुभयो ।

IMG 20241129 WA0031

कार्यक्रममा प्रशिक्षक शिक्षा बिकास केन्द्र गण्डकी प्रदेश संयोजक शंकर पोख्रेल ,जिवन विज्ञान जिल्ला संयोजक नवराज सुवेदि र प्रशिक्षक माया महतोले प्रशिक्षण गर्नु भएको छ । कार्यक्रममा हाम्रो खुसी पाठ्यक्रम संयोजक लक्ष्मी पाण्डे, वडा सदस्य सन्जुबाबु पाख्रेल लागएतको उपस्थीती रहेको थियो  । स्रोत शिक्षक कलामुदिन अन्सारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस