२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

बुटवल–नारायणगढ सडक निर्माणले गति लिएन

२०८१ मंसिर १४, शुक्रबार प्रकाशित ( घण्टा अघि) ८१ पाठक संख्या

कावासोती । बुटवल–नारायणगढ सडक निर्माणले गति लिन नसकेपछि आलोचना हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयमा ठेकेदार पक्षसँगको काम तीव्र पार्न रातिमा पनि सडक निर्माणको काम गर्ने छलफल भएको हो । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले त्यसका लागि जनशक्तिको व्यापक परिचालन गरी काम अघि बढाइने बताउनुभयो ।

ठेकेदार पक्षले चौबिसै घण्टा काम गर्ने भनी पटक पटक सहमति गरे पनि कार्यान्वयनमा आउन नसकेको आयोजनाका ठेकेदार पक्षका इन्जिनियर राकेश झाले बताउनुभयो । यो आयोजनाको हालसम्म ५३ प्रतिशत काम सकिएको र अब दु्रत गतिमा निर्माण अगाडि बढाइने बुटवल–नारायणगढ सडकखण्डका प्रमुख समीक्षा घिमिरेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा ठेकेदार पक्षसँगको छलफलमा पटक पटक सहमति भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

यसअघि जिल्लाका राजनीतिक दलले समेत कैयौँ पटक सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए । दलका नेताले प्रमुख जिल्ला अधिकारीसँग भेटेर ढिलाइले यहाँका जनतालाई सबैभन्दा सास्ती पुगेको भन्दै तत्काल निर्माणको ठेक्का लिएको चाइनिज ठेकेदारलाई बोलाएर स्पष्टीकरण लिन सुझाएका थिए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्डको निर्माण सुरु भएको छ वर्ष बित्न लाग्यो तर ३६ महिनामा सक्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले अहिले ६६ महिना पुग्न लाग्दा पनि काम नसकेपछि आलोचित हुँदै आएको छ ।

२०७५ साल असारमा यो सडकको ११३ किलोमिटर निर्माण गर्ने गरी चाइना कन्स्ट्रक्सन प्रालिले १६ अर्ब ९९ करोड रुपियाँमा ठेक्का लिएको सडक २०७८ साउनमा सम्पन्न गर्ने सम्झौता भएको थियो । हालसम्म ५३ प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाका बुटवल–नारायणगढ सडकखण्डका प्रमुख इन्जिनियर घिमिरेले बताउनुभयो । अहिले २०८२ साउन ७ गतेसम्मका लागि पुनः म्याद थपिएको छ र यो अवधिमा पनि काम सकिन्छ भन्ने सुनिश्चित छैन । सबैको सहयोग भयो भने सडक निर्माण पूरा हुन पनि सक्ने नेपाली पक्षका प्रमुख इन्जिनियर घिमिरेको भनाइ छ ।

सडक निर्माणका क्रममा ४९ हजार ८३० रुख कटान गर्नुपर्ने देखिएको तर वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० प्रतिवेदनमा २९ हजार मात्र रुख कटान हुनुपर्ने भनिएको छ ।  बिजुली तथा खानेपानीको समस्या पनि उत्तिकै रहेको कारणले पनि सडक निर्माणमा ढिलाइ भएको ठेकेदार पक्षका इन्जिनियर राकेश झाको भनाइ छ ।

अहिलेसम्म नारायणगढ–दाउन्ने खण्डमा २७ किलोमिटर डबल लेनको कालोपत्रे सम्पन्न भएको छ । त्यसै गरी २१५ वटा क्रस डेनेज ९साना कलभर्ट० मध्ये १८७ सम्पन्न भएको र बाँकी पनि सम्पन्न हुने चरणमा रहेको, २२ वटा साना पुलमध्ये २० वटा सम्पन्न भएको र बाँकी दुई वटा पनि एक महिनाभित्र सकिने आयोजनाको भनाइ छ । नेपाली पक्षका आयोजना प्रमुख इन्जिनियर घिमिरेले यो आयोजनामा रकमको कुनै अभाव नरहेको र दुई दिनमा बिल पेस गरेका आधारमा भुक्तानी दिने गरेको बताउनुभयो । अहिलेसम्म करिब आठ अर्ब भुक्तानी भइसकेको छ ।

यो सडकमा रुख कटाननै सबैभन्दा जटिल बनेर आएको आयोजनाको भनाइ छ । गैँडाकोटदेखि दाउन्नेसम्म ३६ हजार ५४५ र दाउन्नेबाट बुटवलसम्म १३ हजार ३१५ रुख कटान गर्नुपर्ने तर सरकारी पक्षले समयमा इजाजत नदिँदा आयोजना ढिलो भएको इन्जिनियर राकेश झाले बताउनुभयो ।

नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर सडकको हालको दुई लेनलाई बढाएर चार लेन बनाउने, बजार क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेनसम्मको सडक विस्तार तथा स्तरोन्नति गर्ने योजना छ । दुई भागमा विभाजन गरी निर्माण सुरु भएको यो बाटो एसियाली मापदण्डमा आधारित सडकका रूपमा रहने घिमिरेले बताउनुभयो ।

यो सडक छिटोभन्दा छिटो सम्पन्न गर्न सरकार र ठेकेदार दुवैलाई आग्रह गरेको कावासोतीका स्थानीय समाजसेवी वीरेन्द पराजुलीले बताउनुभयो । यो सडकका कारण सडकछेउमा बसोबास गर्ने करिब दुई हजार व्यवसायी विस्थापित भएका छन् भने सडकछेउछाउमा बस्नै नसकिने गरी धुवाँधुलोले सडकछेउका घर कुरूप बनाएको छ । गोरखापत्रबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस