कोल्हुवा । नवलपुरको मध्यविन्दु २ कोल्हुवा स्थित कुमारवर्ती माध्यमिक विद्यालयमा आज एकै साथ दुई महत्वपूर्ण क्लबहरूको गठन गरिएको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा कुमारवर्ती इको क्लब र कुमारवर्ती रेडक्रस सर्कल समितिको पुनर्गठन गरिएको विद्यालयका इको शिक्षक नारायण अर्यालले जानकारी दिनुभयो ।
इको क्लबको अध्यक्षतामा शेषबहादुर थारु चयन भएका छन् भने, उपाध्यक्षमा कृति पोख्रेल र सचिवमा जीवन महतो नियुक्त भएका छन्। सदस्यहरूको रूपमा प्रतिक बेलबासे, सुरेन्द्र बोटे, निश्चल भण्डारी, मनिषा खड्का, अनिसा पंगेनी, सुदन परियार, विश्वास श्रेष्ठ, दीपराज विक, करण पोख्रेल, आयुष कुवर क्षत्री, अमन चौधरी र इषा महतो रहेका छन्।
विद्यालयका प्रधानाध्यापक एवम् इको क्लबका संरक्षक जनकराज केसीका अनुसार, यो क्लबको गठन मुख्यत: चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको वन, वन्यजन्तु, वातावरण र सरसफाईमा विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो।
यसैगरी, कुमारवर्ती रेडक्रस सर्कल समितिको अध्यक्षमा देवराज घिमिरे चयन भएका छन् भने, उपाध्यक्षमा कञ्चन महतो, सचिवमा सञ्जना महतो, सहसचिवमा सञ्जिता जैसी र कोषाध्यक्षमा अंकित केसी नियुक्त भएका छन्। यो समितिको पुनर्गठनले विद्यालयमा समाजसेवा र आपतकालीन राहत कार्यमा विद्यार्थीहरूको भूमिका बढाउने विश्वास गरिएको छ । यस दुवै क्लबको गठनले विद्यालयको शैक्षिक र सामाजिक जिम्मेवारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।