कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरका नयाँ निर्वाचित समितिको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ। श्रीराम सिग्देलको नेतृत्वमा निर्वाचित समितिलाई विरेन्द्र पराजुलीको नेतृत्वमा रहेको समितिले पद हस्तान्तरण गरेको हो।
कार्यक्रममा निर्वाचित सदस्यहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र पनि वितरण गरिएको थियो। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रम नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ नवलपुरका सभापतिको प्रतिद्वन्द्वी घनश्याम बगाले, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सभापति केशव पराजुली, नेपाल पत्रकार महासंघ नवलपुरका सल्लाहकार रामकुमार श्रेष्ठ, प्रेस संगठनका केन्द्रीय सचिव बोमलाल गिरी, प्रेस युनियनका जिल्ला अध्यक्ष खगराज सापकोटा, प्रेस चौतारीका जिल्ला अध्यक्ष सालिकराम कोइराला, फोनिजका केन्द्रीय सदस्य कमला राना मगर, क्रियाशिल पत्रकार महिला नवलपुरका अध्यक्ष ज्ञानु पंगेनी लगायतका प्रमुख वक्ताहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
वक्ताहरुले महासंघलाई साझा संस्थाको रूपमा विकास गर्ने महत्त्वमा जोड दिएका थिए। साथै, महासंघले नयाँ पत्रकारहरूको सीप र क्षमता विकास, साना स्वरोजगारमुलक मिडियाहरूको उत्थानमा नेतृत्वले ध्यान दिनुपर्ने आवश्यकता पनि व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन विष्णु गौडेलले गरेका थिए भने, विरेन्द्र पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। स्वागत मन्तव्य नविन पौडेलले राखेका थिए।