२०८१ पौष २६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा स्वास्थ्य, फोहोर शुल्क र शिक्षासम्बन्धी जिज्ञासा: कांग्रेसको ज्ञापनपत्र

२०८१ पौष २५, बिहिबार प्रकाशित ( घण्टा अघि) ११६ पाठक संख्या

चोरमारा। मध्यविन्दु नगरपालिका नेपाली कांग्रेस नगर समितिले आज मध्यविन्दु नगरपालिकामा विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएको छ।

नेपाली कांग्रेस मध्यविन्दु नगर कार्य समितिका प्रतिनिधिहरूले नगरप्रमुख भिमलाल अधिकारी र उपप्रमुख पूर्णकला चौधरी समक्ष नगरपालिकाका विभिन्न कार्यकलापप्रति असन्तुष्टि जनाउँदै र ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा स्वास्थ्यकर्मीको सेवा सुविधा, फोहर व्यवस्थापनमा लिइएको उच्च शुल्क, स्वास्थ्यकर्मीको सरुवा, खुसी पाठ्यक्रम, दाहसंस्कार घाटको व्यवस्थापन, प्राविधिक शिक्षालय लगायतका विषयमा विभिन्न जिज्ञासाहरू उठाइएको छ।

नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दोमन बहादुर भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउन सभापति भण्डारीसहित नगर उपसभापति जितु थापा, समितिका अन्य पदाधिकारीहरू, प्रदेशसभा सभापति सतिस राई, क्षेत्रीय सभापति सुर्य गुरुंग र स्थानीय काङ्ग्रेस नेतागण उपस्थित भएका थिए। नगर उपसभापति जितु थापाले ज्ञापनपत्र पढेर सुनाएका थिए।

ज्ञापनपत्र बुझेपश्चात नगरप्रमुख भिमलाल अधिकारीले सबै मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै कार्यपालिका बैठकमार्फत मिल्नसक्ने विषयहरू पारित गरेर अघि बढाउने र कतिपय विषय कानुनी तहमा जान नसक्ने विषयहरूमा स्पष्टता दिएका थिए।

यसैबीच, मध्यविन्दु नगरपालिकामा नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले कार्यपालिका बैठक बहिष्कार गरेका छन्। वडा नम्बर ७ का वडा अध्यक्ष कर्णबहादुर मल्ल पारिवारिक भेटघाटका सिलसिलामा विदेशमा रहनुभएकोले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका वडा सदस्य अर्जुन पुरीलाई कार्यपालिका बैठकमा प्रवेश गर्न अनुमति नदिएको अवस्थामा, नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले विरोधस्वरूप कार्यपालिका बैठक बहिष्कार गरेको जानकारी प्राप्त भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस