कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा घाँस काट्न गएको ६० वर्षीय एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका – ४, डिही बस्ने रमन राना मगर थुम्किदेवी सामुदायिक जंगलमा घाँस काट्न गएका थिए।
घटना शनिबारको हो। रमन राना मगर घाँस काट्न एक्लै जंगल गएका थिए। घर फर्कन ढिला भएपछि उनका छोरा कुल बहादुर राना मगरले छिमेकीसहित खोजी शुरू गरेका थिए । सो क्रममा जंगलमा रमनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा लडेका भेटिएका थिए।
उद्वार गरिएर उनलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहाले जानकारी दिए।