२०८१ फागुन २८, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा विद्युत् मर्मत गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ माघ २४, बिहिबार प्रकाशित ( महिना अघि) ३४२५ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोटमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

गैँडाकोट नगरपालिका – ५, कालिका चोकमा विद्युत् मर्मतको काम गर्दै २३ वर्षीय आरएन सिंह ठकुरीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। ठकुरी जाजरकोट जिल्लाको भेरी नगरपालिका घर भएका थिए र सीमा कन्स्ट्रक्सन प्रा.ली.मा काम गर्थे।

बिहीबार साँझ पुरानो पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घटना स्थलमा नै मृत्यु भएका ठकुरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरेर पोस्टमर्टमका लागि पठाइएको छ र थप अनुसन्धान भइरहेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%६%४०%१%

प्रतिक्रिया दिनुहोस