कावासोती । नवलपुरको कावासोती १३ बुढौलीकुना निवासी १५ वर्षीय बालक प्रविन महतो २१ गते बिहान ३ बजे घरबाट बिना कुनै जानकारी आफ्नै इच्छा अनुसार हिँडेका थिए र अहिलेसम्म वेपत्ता भएका छन्। पारिवारिक स्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले यसबारे जानकारी दिएको छ।
प्रहरी नायव उपरीक्षक जेसी शाहका अनुसार बालकको हुलिया रातो टि-शर्ट, नीलो रंगको ज्याकेट र जिन्स पाइन्ट रहेको छ। साथै, टाउकोमा काटिएको दाग रहेको बताइएको छ। प्रहरी र आफन्तहरूले बालकको खोजी गर्न सबैलाई आग्रह गरेका छन्।