२०८१ फागुन २८, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुर महोत्सवको तयारी पूरा, भोलिदेखि शुरु

२०८१ माघ २४, बिहिबार प्रकाशित ( महिना अघि) ८७१ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती १६ डण्डामा भोलि माघ २५ गतेदेखि हुने नवलपुर महोत्सवको तयारी पूरा भएको छ । नवलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको आठौं नवलपुर महोत्सव फागुन १० गतेसम्म चल्ने छ।

महोत्सव स्थलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिँदै संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवको उद्घाटन गर्ने बताए।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालका अनुसार, महोत्सवमा २ सय ५० वटा स्टल राखिनेछ। यसमा कृषि प्रदर्शनी, बाल उद्यान, निस्शुल्क स्वास्थ्य शिविर, आँखा शिविर, र अन्य आकर्षक कार्यक्रमहरू पनि रहेका छन्।

नवलपुर महोत्सवका प्रमुख आकर्षणहरूमा फिस टनेल, सुनामी झुला, कृषि प्रदर्शनी, रत्यौली प्रतियोगिता, नृत्य प्रतियोगिता, आइफिल टावर र प्यागोडा शैलीका स्टलहरू रहेका छन्।

महोत्सवको उद्देश्य नवलपुरका विभिन्न जातजातिहरूको कला, भाषा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु हो। यस पटक धुलोरहित महोत्सव हुने र विगतका वर्षहरूसँग तुलना गर्दा फरक हुने आयोजकहरूको दावी छ।

महोत्सवमा ५ करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ, जसमा ७५ लाख आम्दानी र २५ लाख बचत हुने अनुमान गरिएको छ। करिब ८० हजार व्यक्तिले प्रत्यक्ष र ५ लाख व्यक्तिले अप्रत्यक्ष रूपमा महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव कावासोती–१६ को अंकुर आर्दश सामुदायिक वन परिसरमा सञ्चालन हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस