२०८१ फागुन २८, बुधबार
नयाँ
पछिला अपडेट

हुप्सेकोट गाउँपालिकाले शिक्षकको तलब मासिक रुपमा भुक्तानी गर्न सुरु

२०८१ माघ २९, मंगलबार प्रकाशित ( हफ्ता अघि) ३७८ पाठक संख्या

हुप्सेकोट । हुप्सेकोट गाउँपालिकाले शिक्षकको तलब भत्ता अब मासिक रूपमा भुक्तानी गर्न सुरु गरेको छ । माघ महिनाबाट पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई अब त्रैमासिकको सट्टा मासिक तलब भत्ता प्राप्त हुनेछ।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले यस विषयमा जानकारी दिँदै भनिन्, “गाउँ कार्यपालिकाको बैठकले पारित गरेको निर्णय अनुसार सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकको तलब मासिक रूपमा भुक्तानी गरिन थालेको हो।”

यसअघि शिक्षकहरूको तलब त्रैमासिक अर्थात् तीन महिनामा एकपटक भुक्तानी हुने गरेको थियो, तर अबदेखि उनीहरूले निजामती कर्मचारी र अन्य सरकारी कर्मचारी जस्तै मासिक तलब भत्ता प्राप्त गर्नेछन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले माघ महिनाको तलब भत्ता भर्खरै सम्बन्धित शिक्षकलाई भुक्तानी गरिएके जानकारी दिए। उनले भने, “अबदेखि शिक्षकलाई पनि सरकारी कर्मचारीजस्तै मासिक तलब भत्ता उपलब्ध गराइने छ।”

हुप्सेकोट गाउँपालिकामा ६ वटा वडा रहेको छ र यहाँ ४१ वटा सामुदायिक विद्यालय कार्यरत छन्। तीमध्ये १ सय २९ जना स्थायी शिक्षक, ८० जना स्वयंसेवक शिक्षक, ६१ जना राहत शिक्षक र १ सय ३२ जना करार शिक्षक कार्यरत छन्। गाउँपालिकाको यस निर्णयले शिक्षकहरूको पारिश्रमिक प्राप्तिको प्रक्रिया सहज र नियमित बनाउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%२%१%

प्रतिक्रिया दिनुहोस