कावासोती – नवलपुरको गैंडाकोट नगरपालिका वडा नं: १ मिलनचोक स्थित भित्री सडकमा आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक अर्जुन महतोको निधन भएको छ। ३० वर्षीय महतो जिल्ला पर्सा, धोविनी गाउँपालिका वडा नं: ३ का स्थायी निवासी थिए र हाल गैंडाकोट नगरपालिका वडा नं: १ मा बस्दै आएका थिए।
जिल्ला प्रहरीका अनुसार, काभ्रेबाट मौलाकालिकातर्फ जाँदै गरेको बा ५ ख ६२५२ नम्बरको बसले मिलनचोकमा पूर्व मिलन मार्गबाट पश्चिम मिलनचोकतर्फ क्रस गर्दा, त्यसै समयमा त्यसै बाटोमा आएको ना ४३ प ५३० नं।को मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा घाइते महतोलाई नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा उपचारका क्रममा बचाउन सकिएको थिएन र उनको निधन भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ।