चोरमारा । आगामी चैत्र महिनाको ८ गतेदेखि मध्यविन्दु नगरपालिकामा कक्षा ८ का आधारभूत तहको वार्षिक परीक्षा संचालन हुने भएको छ । नगर स्तरीय परीक्षा निर्देशन समिति र नगर स्तरीय परीक्षा समितिको संयुक्त बैठकले सोमबार, माघ २८ गते यो निर्णय गरेको हो ।
नगरका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिँदै भने,परीक्षा आगामी चैत्र ८ गते बिहान ८ बजेबाट सुरु हुनेछ । शिक्षा अधिकृत रेग्मीले परीक्षा समयतालिका सार्वजनिक गर्दै सबै विद्यार्थी र विद्यालयलाई तयारी गर्न आग्रह गरेका छन्। यस परीक्षा अन्तर्गत पहिलो दिन, नेपाली विषयको परीक्षा लिने योजना छ ।
परीक्षाको कार्यक्रम यस प्रकार रहनेछ ।
चैत्र ८ गते : नेपाली विषय
९ गते : शनिबार विदा
१० गते : गणित
११ गते : अंग्रेजी
१२ गते : स्वास्थ्य, शारीरिक र सिर्जनात्मक कला
१३ गते : विज्ञान र प्रविधि शिक्षा
१४ गते: सामाजिक अध्ययन र मानव मूल्य शिक्षा
१५ गते : स्थानीय पाठ्यक्रम “हाम्रो मध्यविन्दुु”