कावासोती । कावासोती नगरपालिका – ८ खरकट्टा जङ्गलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिवार राति ९ बजे जङ्गलमा बिग्रिएर रोकी राखिएको टिप्परमा मोटरसाइकल ठोक्किँदा देवचुली नगरपालिका- १६ का २९ वर्षीय केशव महतो गम्भीर घाइते भएका थिए।
घटनाको जानकारी पाउनासाथ महतोलाई उपचारका लागि मध्यविन्दु अस्पताल डण्डा लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरे। प्रहरीले दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।