नवलपुर — बँदेल मारेको अभियोगमा नवलपुरको कावासोतीबाट सात जना पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार कावासोती–११ कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती–१२ राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा उनीहरू पक्राउ परेका हुन्।
निकुञ्जले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएका उनीहरूको साथबाट प्लास्टिकको झोलामा पोको पारिएको अवस्थामा बँदेलको मासु बरामद भएको जनाएको छ । पक्राउ परेकाहरू कावासोती–११ र १२ का बासिन्दा रहेको र उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।