२०८१ फागुन २७, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर महोत्सव : मगर दिवसमा भेषभुषा लगाएका दर्शकलाई निःशुल्क प्रवेश

२०८१ फागुन १२, सोमबार प्रकाशित ( हफ्ता अघि) ५२५ पाठक संख्या

कावासोती —  कावासोती–१६ डण्डामा जारी आठौँ नवलपुर महोत्सवमा फागुन १५ गते मगर दिवसको अवसर पारेर मगर भेषभुषामा सजिएर आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक बैकुण्ठ प्रसाद अर्यालका अनुसार महोत्सवमार्फत विभिन्न जातजातिका भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएकाले मगर समुदायको एकता दिवसमा विशेष छुट दिइएको हो।

आठौँ नवलपुर महोत्सव फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा दीपक बज्राचार्य, रचना रिमाल, दुर्गेश थापा, ज्योति मगर, बद्री पंगेनी, रीता थापा मगर, श्याम रानालगायतका कलाकारको प्रस्तुति रहनेछ। त्यस्तै, युवापुस्ताको आकर्षणलाई ध्यानमा राख्दै र्‍यापर माइलो, लाहुरेलगायतको प्रस्तुति समेत समावेश गरिएको आयोजकले जनाएको छ।

फागुन १३ गते गायीका भूमिका गिरी, जीवन परियारको प्रस्तुति रहनेछ भने फागुन १४ गते र्‍यापर माइलो, फागुन १५ गते र्‍यापर जी बब प्रस्तुत हुने कार्यक्रम तय गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%१%

प्रतिक्रिया दिनुहोस