२०८१ फागुन २७, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानको अधिवेशन सम्पन्न

२०८१ फागुन १६, शुक्रबार प्रकाशित ( हफ्ता अघि) २९६ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती–१५, गोडारस्थित शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानको १५औं साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष भुपति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष तेजकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानले समाजमा पु¥याएको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक योगदानको चर्चा गरियो। अधिवेशनले बोधराज गैरेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा भगवती बास्ताकोटी, कोषाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा बिमल गैरे, सह–सचिवमा लुमा कुमारी पाण्डे तथा अन्य सदस्यहरू चयन भएका छन् ।सदस्यहरूमा हिमलाल गैरे, शोभा गौडेल, बालकुमारी काफ्ले, डिलकुमारी सापकोटा, टप प्रसाद बस्याल, मणि पाण्डे, गोमा खराल, भीम बहादुर महतो र गंगाधर न्यौपाने चयन भएका छन् ।

प्रतिष्ठानले महाशिवरात्रि, तीज, नवदुर्गा पूजा लगायतका धार्मिक अनुष्ठानहरू आयोजना गर्दै आएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले संस्थाको गतिविधिलाई प्रभावकारी बनाउन स्थानीय सरकारबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस