नवलपुर — विनयी त्रिवेणी गाउँपालिका -२, विश्वकर्मा मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्।
आज दिउँसो नेपालगन्जबाट राजविराजतर्फ जाँदै गरेको प्र. २–०३–००१ ख ४१२७ नम्बरको ट्रकले लु ४२ प ३०४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक ६७ वर्षीय पूर्णबहादुर काउचा विनयी त्रिवेणी गाउँपालिका – २ निवासी गम्भीर घाइते भएका छन्। घाइते काउचालाई थप उपचारका लागि सेन्ट्रल हस्पिटल, चितवन पठाइएको प्रहरीले जनाएको छ। यसैबीच, दुर्घटनामा संलग्न ट्रक तथा त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।