२०८१ फागुन २७, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु कृषि महोत्सव स्थल परिवर्तन

२०८१ फागुन १८, आईतबार प्रकाशित ( हफ्ता अघि) ५५३ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाको कार्यपालिका बैठकले प्रथम मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव स्थल परिवर्तन गर्ने निर्णय गरेको छ । महोत्सव अब नवजागरण माध्यमिक विद्यालयको पुरानो भवन परिसरमा आयोजना गरिने भएको हो ।

नगर प्रवक्ता रणबहादुर थापा क्षेत्रीका अनुसार फागुन २२ देखि २४ गतेसम्म सञ्चालन हुने महोत्सव यसअघि नवजागरण नमुना माध्यमिक विद्यालयको रंगशालामा आयोजना गर्ने तय भएको थियो। तर, परीक्षाका कारण पठनपाठनमा असर पर्ने भन्दै विद्यालयले आपत्ति जनाएपछि नगरपालिकाले नयाँ स्थान तय गरेको हो।

महोत्सव स्थलको विषयमा सामाजिक सञ्जालमा पक्ष-विपक्षमा बहस चलेपछि नगरपालिकाले बैठक राखी महोत्सव रंगशालाबाट करिब ५०० मिटर पर रहेको पुरानो भवन परिसरमा सार्ने निर्णय गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस