२०८१ फागुन २७, मंगलबार
नयाँ
पछिला अपडेट

११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँयो

२०८१ फागुन २५, आईतबार प्रकाशित ( दिन अघि) ८८ पाठक संख्या

काठमाडौं – “सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरणू भन्ने नाराका साथ ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । हरेक वर्ष मार्च ८ मा मनाइने महिला दिवस यस वर्ष पनि विविध कार्यक्रमसहित देशभर मनाइएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शनिबार विशेष कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा श्रम क्षेत्रमा कार्यरत महिलाका लागि नीति निर्माणमा समान पहुँच र अधिकारको पहिचानबारे छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले महिलाप्रति समाजको दृष्टिकोण अझै परिवर्तन हुन नसकेको उल्लेख गरे।

त्यस्तै, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाका हक अधिकार कानुनी रूपमा सुरक्षित भए पनि कार्यान्वयनमा कठिनाइ भइरहेको बताइन्। प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिकी सभापति किरण शाहले राज्यका विभिन्न तहमा महिला सहभागिता अझै वृद्धि हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले आयोजक प्रती असन्तुष्टि व्यक्त गर्दै समयमै कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ध्यानाकर्षण गराइन्। समय व्यवस्थापनको अभावका कारण आफ्नो अन्य कार्यक्रम प्रभावित भएको भन्दै उनले समयको महत्व बुझ्न सबैलाई आग्रह गरिन्।

त्यसैगरी, कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेलगायतले मन्तव्य व्यक्त गरे। कार्यक्रममा शारीरिक सुगठन खेलाडी रजनी श्रेष्ठ र अचार व्यवसायी रेखा शर्मा चौधरीको सफलताको कथा प्रस्तुत गरिएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस