२०८१ फागुन २८, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका दुई विद्यालयमा रामकुमार पुरीद्वारा अक्षयकोष स्थापना

२०८१ फागुन २७, मंगलबार प्रकाशित ( घण्टा अघि) ३०५ पाठक संख्या

पतवारी — नवलपुरको मध्यविन्दु – १ गुणचरीका रामकुमार पुरीले आफ्नो जन्मदिनको अवसरमा दुई विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। प्रगतिशील युवा क्लबका अध्यक्ष समेत रहेका पुरीले नवज्योति आधारभूत विद्यालयमा ११ हजार १ सय ११ रुपैयाँ र शान्ति आधारभूत विद्यालयमा १० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

गरीबी, जेहेनदार तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको पुरीले बताए। विगतका वर्षहरूमा पनि आफ्नो जन्मदिन विशेष अवसरमा शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जन्मदिनको अवसर मात्रै नभई अन्य समयमा पनि सहयोगी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक झण्डबहादुर महत्तो र शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक दधिराम सापकोटाले विद्यालयका विद्यार्थीको हितलाई ध्यानमा राख्दै अक्षयकोष स्थापना गरेकोमा पुरीलाई धन्यवाद दिँदै जन्मदिनको शुभकामना व्यक्त गरे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस